गायक नगार्जिको तीज गीत छमछमी बजारमा

गायक सुनिल नगार्जिको तीज गीत छमछमी बजारमा आएको छ । गत वर्षको लेहङ्गा र चोलीबाट निकै चर्चा बटुलेका गायक सुनिलको संगीत तथा स्वरमा यस वर्षको गीत सार्वजनिक भएको हो । गीतका गायक नगार्जिलाई गायिका कमला बजगाइले साथ दिएकी छन् । सन्तोष परियार समिपको प्रस्तुती रहेको गीतमा संगीत गायक नगार्जि आफ्नै छ भने शब्द रमेश आउजीले लेखेका हुन् ।

गीतको भिडियोमा अहिलेकी चर्चित मोडल आरुसी मगरले अभिनय गरेकी छन भने उनलाई नरेन लुहारले साथ दिएका छन् । अनिस लामाले निर्देशन गरेको भिडियो लाई विक्रम कार्किले खिचेका छन् । गीतलाई तरङ्ग रेकडिङ्ग स्टुडियोले बजार व्यवस्थापन गरेको छ । सञ्चार कर्ममा समेत सक्रिय सुनिल स्टेज उद्घोषणका साथै गीत लेखन, संगीत र गायनमा समेत सक्रिय छन् । उनले अघिल्लो बर्ष गाएको तीज गीत लेहङ्गा र चोली यस वर्ष समेत निर्के चर्चामा छ । आफ्नो तिज गीत छमछमीले समेत निर्के चर्चा बटुल्ने गायक सुनिलले बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गायक नगार्जिको तीज गीत छमछमी बजारमा"

Leave a comment

Your email address will not be published.


*