सिमाना आसपासमा हुने घटनाको कथामा ‘दि कर्मा’ बन्दै

फिल्म ‘दि कर्मा’ निर्माण हुने भएको छ । बुधवार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनालाई समेटेर कथाबस्तु तयार गर्ने भएको छ । विश्वद्धीप घिमिरेले निर्देशन गर्न लागेको फिल्ममा दुई भारतीय कलाकारको मुख्य भुमिका रहेको छ ।
मानिसले आफ्नो समयमा गर्ने काम र त्यसको प्रतिफल जनाउने यो फिल्ममा मुम्बईका कलाकार दीपक आनन्दले मुख्य भूमिका निर्वाह गर्नेछन् भने करण आहुजाको पनि फिल्ममा महत्वपूर्ण भुमिका रहेको छ । बलीउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा समेत अभिनय गरिसकेका छन् ।
यो फिल्ममा दिपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने हालसम्म छनौट भईसकेको छैन । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान फिल्म ‘दि कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ ।

यसै बर्षभित्र नै रिलीज लक्ष्य राखिएको यो फिल्म कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जाने बताइएको छ । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि फिल्मको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सिमाना आसपासमा हुने घटनाको कथामा ‘दि कर्मा’ बन्दै"

Leave a comment

Your email address will not be published.


*