बिम्स्टेक महासचिव काठमाडाैँमा

काठमाडौँ, २५ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक का महाचिव सुमिथ नाकनदला आज काठमाडौँ आर्इपुगेका छन ।  दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको मन्त्रीस्तरीय बैठक र उक्त संगठनका सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम) को बैठमा भाग लिन काठमाडौँ आएका हुन ।

यही साउन २६ गते राजधानीमा एसओएमको १८औँ बैठक र २७ गते १५ औँ मन्त्रीस्तरीय बैठक हुँदैछ । बिम्स्टेक सचिवालय बंगलादेशको राजधानी ढाकामा अवस्थित छ ।  बीस वर्षअघि स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मा र थाइल्याण्ड सदस्य छन् । नेपाल उक्त संगठनको अध्यक्ष हो । सन् २०१४ मा नेपालले त्यसको अध्यक्षता ग्रहण गरेको थियो ।

दुवै बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए ।

साथै, बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको भट्टराईको भनार्इ छ । यसअघि म्यान्माको राजधानी नेपिटोमा तेस्रो शिखर सम्मेलन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिम्स्टेक महासचिवले सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शनिबार ढाका फर्कने छन ।

प्रतिक्रिया दिनुहाेस्

1 Comment on "बिम्स्टेक महासचिव काठमाडाैँमा"

Leave a comment

Your email address will not be published.


*