कालीगण्डकीमा शिवलिंग फेला पर्यो

२४ साउन, पाल्पा । कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो । सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् ।

कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिए । अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कालीगण्डकीमा शिवलिंग फेला पर्यो"

Leave a comment

Your email address will not be published.


*