कलंकीमा बसले मोटरसार्इकललार्इ ठक्कर दियो, मोटरसार्इकल चालकको मृत्यु

काठमाडौँ, २४ साउन । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कलंकीमा बसले मोटरसार्इकललार्इ ठक्कर दियो, मोटरसार्इकल चालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*