धादिङमा पैदलयात्रुलार्इ टिपरले ठक्कर दियाे, एककाे मृत्यु

साउन २३ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको नाैबिसे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको हो । घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "धादिङमा पैदलयात्रुलार्इ टिपरले ठक्कर दियाे, एककाे मृत्यु"

Leave a comment

Your email address will not be published.


*