मैत्रीपूर्ण खेलमा लिभरपुलले एथ्लेटिको बिल्बाओ हरायाे

एजेन्सी,   इङलिस क्लव लिभरपुलले प्रि सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथ्लेटिको बिल्बाओलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले एथ्लेटिकोलाई  तीन एक गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो, बेन्जामिन वुडबर्न र डोमिनिक सोलान्केले समान एक एक गोल गरे ।

एथ्लेटिकोका इनाको विलियम्सले एक गोल फर्काए । गएराति नै भएको अर्को मैत्रीपुर्ण खेलमा इंग्लिस क्लब टोटनह्यामले टालियन क्लब युभेन्टसलाई दुई शुन्यले पराजित गरेको छ । लण्डनस्थित घरेलु मैदान वेम्बली स्टेडियममा खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केन र क्रिस्टियन एरिक्सनले समान एक एक गोल गरे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मैत्रीपूर्ण खेलमा लिभरपुलले एथ्लेटिको बिल्बाओ हरायाे"

Leave a comment

Your email address will not be published.


*