पेरिस सेन्ट जर्मेनकाे लिग वानमा विजयी सुरुवात

एजेन्सी, साउन २२,  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ ले लिग वानमा विजयी सुरुवात गरेको छ । किर्तिमानी मुल्यमा ब्राजिल स्टार फरवार्ड नेइमार अनुबन्ध गरेपछि शनिवार राति भएको पहिलो खेलमा पिएसजीले एमियन्जलाई दुई शुन्यले हराएको हो । पिएसजीका लागि एडिसन काभानी र हाबियर पास्तोरेले एक एक गोल गरे बार्सिलोनाबाट २० करोड पाउण्डमा ‘पिएसजी’ आएका नेइमार भने यो खेलमा मैदानमा थिएनन ।

क्लवले अनुबन्धन सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले नेइमारले दर्शक दीर्घामा बसेर टिमको हौसला बढाएका थिए । पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेसमा नेइमारको भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पेरिस सेन्ट जर्मेनकाे लिग वानमा विजयी सुरुवात"

Leave a comment

Your email address will not be published.


*