जस्टिन गेटलिनले जिते १ सय मिटर दौडमा स्वर्ण पदक

एजेन्सी   वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा अमेरिकी धावक जस्टिन गेटलिनले १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । किर्तिमानी धावक उसेन बोल्टलाई पछि पार्दै जस्टिनले उपाधीमाथि कब्जा जमाएका हुन । ३५ वर्षिय जस्टिनले ९ दशमलव ९२ सेकेण्डमा १ सय मिटर दौड पुरा गरेर उपाधी जितेका हुन ।

डोपिङ्गका कारण दुई पटक प्रतिबन्धमा परेर जस्टिनले पुन खेलमा फर्कीए लगत्तै स्वर्ण जितेका हुन् । आफ्नो अन्तिम ठुलो प्रतियोगिता रहेको बताएका जमैकन धावक उसेन बोल्ट खेलमा तेश्रो स्थानमा सीमित रहे । उनले ९ दशमलव ९५ सकेण्डमा दौड पुरा गरे । ओलम्पिकमा आठ वटा स्वर्ण पदक जितेका उसेन बोल्टका लागी यो अन्तिम वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप हो । च्याम्पियनसिपमा अर्का अमेरिकी धावक क्रिस्टिन कोलम्यानले दोश्रो स्थान हात पारे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जस्टिन गेटलिनले जिते १ सय मिटर दौडमा स्वर्ण पदक"

Leave a comment

Your email address will not be published.


*