बाँच्नका लागि आफ्नै मृत साथीहरुको लास खाएर बिताएका थिए ७२ दिन

इतिहासमा कयौँ यस्ता घटना भएका छन्, जुन सधैँभरिका लागि अमर भएका छन् । कुनै घटनाले मानिसलाई बाँच्न सिकाएका छन् भने कुनै घटना सुन्दा पनि डर लाग्ने र अपत्यारिलो लाग्ने गर्दछ । यस्तै एउटा घटना १९७२ मा एंडीजको पहाडको बीचमा घटेको थियो । जसमा जिउँदो बचेका मानिसहरु चिसो हिउँको पहाडमा ७२ दिनसम्म भोकै रहन बाध्य भएका थिए ।

इतिहासको यो घटनालाई ‘मिराकल अफ एंडीज’ र ‘एंडीज फ्लाइट डिजास्टर’ नामले चिनिन्छ । १३ अक्टोबर १९७२ मा उरुग्वेको ओल्ड क्रिस्चियन क्लबको रग्बी टीमका खेलाडी र अधिकारीहरुका साथ उनका परिवार र साथिहरुलाई लिएर उरुग्वे एयरफोर्सको प्लेन एंडीजको पहाडमाथिबाट उडिरहेको थियो । प्लेनमा ४५ जना मानिसहरु सवार रहेका थिए । उडान भर्ने बित्तिकै मौसममा खराबी आएका कारण १४ हजार फिटको उचाईमा उडिरहेको प्लेन सिधै एंडीज पर्वतमा ठोक्किन पुगेको थियो ।

उक्त घटनाको जानकारी पाउने बित्तकै उरुग्वे सरकारले उद्धार कार्य (रेस्क्यू अपरेशन) सञ्चालन गरेको थियो । तर प्लेनको रंग सेतो भएका कारण र हिउँले ढाकिएको एंडीजमा त्यसलाई खोजी गर्न मुस्किल भएको थियो । सबै प्रयास असफल भएपछि ११ दिनपछि सरकारले उद्धार कार्य बन्द गर्यो । त्यसपछि त्यहाँ फसेका मानिसहरुको जीवन झन् मुस्किल हुदै गएको थियो ।

त्यत्तिकैमा चिसोका कारण कयौँ मानिसले ज्यान गुमाइसकेका थिए । बाँचेका मध्येले सुरुवातमा त आफूहरुले लगेको खाना पुर्याई पुर्याई सबैले मिलेर बाँडेर खाए तर जब खाना सकियो उनीहरुका अप्ठ्यारा दिन सुरु भए । खानकै लागि उनीहरु कत्ति दिनसम्म तड्पिए तर आफू बाँच्नका लागि मानिसले जे पनि गर्नुपर्दाे रहेछ । उनीहरुले आफ्नै साथीहरुको लाशको टुक्रा खान सुरु गरे ।

एंडीजको पहाडमा फसेका धेरै मानिसहरु मृत्युको प्रतिक्षामा रहेका थिए । उनीहरु त्यहाँबाट आफै बाहिर निस्किएर सामान्य जीवन बिताउला भन्ने कुनै आधार नै रहेको थिएन । हिउँका कारण न त्यहाँबाट कतै हिड्न सकिन्थ्यो, न त मद्दत माग्नका लागि त्यहाँ वरिपरि मानिसहरुको बसोबास नै रहेको थियो, न त मानिसहरुसँग खबर पुर्याउन सक्ने सञ्चारका साधन नै ।


तर साहस देखाएर दुई जना नंदो पैराडो र रोबर्ट कैनेसाले मद्दतको खोजीका लागि त्यहाँबाट निस्किए । शारीरिक रुपमा कमजोर हुदाँहुदै पनि १२ दिनसम्म हिडेर चिलीको मानिसको बसोबास भएको ठाउँसम्म पुगेर ती दुईले रेस्क्यू टीमलाई आफ्ना साथिहरु फसेको ठाउँ बताए । यसरी यि दुई साहसिक व्यक्तिहरुले आफ्नो मात्र नभई विपद्मा फसेका आफ्ना साथिहरुको पनि ज्यान बचाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाँच्नका लागि आफ्नै मृत साथीहरुको लास खाएर बिताएका थिए ७२ दिन"

Leave a comment

Your email address will not be published.


*