पाकिस्तानको यि गल्लीमा दिनभर मानिस देखिदैनन्, रातमा यस्तो रौनक

पाकिस्तानको लाहोरस्थित हीरा मंडी(हीरा मार्केट) दिनभर सुनसान नै हुने गर्दछ । दिउँसोको समयमा यहाँ मानिसहरुको दर्शन पाउन पनि गाह्रो हुन्छ । तर जब रातको ११ बज्छ, बल्ल त्यहाँको दिन सुरु हुन्छ । अर्थात रातको ११ बजे पछि उक्त मार्केटमा मानिसहरुको चहल पहलले त्यहाँको वातावरणमा रौनक नै छाउने गर्दछ ।

पाकिस्तानको सबैभन्दा पुरानो रेड लाइट एरियामा रहेको यो मार्केटमा रातको १ बजेसम्म मानिसहरुको भीडभाड लाग्ने गर्दछ । यहाँका मानिसहरुको व्यापारिक कार्य सुरू  हुने समय भनेकै रातको अध्याँरोपन सुरु भएपछि हो ।

पाकिस्तानमा यौन व्यवसाय गर्नका लागि रोक लागइएको छ । त्यहाँ यस्ता कार्यलार्इ    गैरकानुनी मानिन्छ । तर पनि त्यहाँ खुल्लमखुल्ला यौन कार्य हुदै आइरहेका छन् । यस्तो कार्यमा बच्चादेखि युवायुवती महिलाहरु समेत संलग्न हुने गरेका छन् ।

लाहोरको ऐतिहासिक बादशाही मस्जिदबाट सात सय मिटरको दुरीमा रहेको यस बदनाम रेड लाइट एरियामा दिउसोको समयमा सज्जन भनिनेहरु देखिन चाहदैनन । इज्जतको डरले पनि बदनाम क्षेत्रका रुपमा परिचित यस ठाउँमा उनीहरु कसैको नजरमा पनि देखिन चाहदैनन । तर अँध्यारो सुरु हुने बित्तिकै त्यहाँ उनीहरुको जमघट र रमझम सु्रु हुने गर्दछ ।

सन् २००३ को तथ्यांक अनुसार पाकिस्तानमा करिब २० हजार भन्दा बढी नाबालिग बेश्याबृत्तिको काममा संलग्न रहेका छन् । लाहोरका अलावा कराची, फैसलावाद र मुल्तानमा पनि यस्ता कार्यहरु हुदै आएको छ । आजकल त यौन कार्य गर्नेहरु र दलालहरुका बीच रेड लाइट सेन्टरका अलावा घर वा होटलमा पनि देहव्यापारको नयाँ प्रवृत्ति देखिदै आएको छ ।

डिपल यूनिभर्सिटीको ‘इन्टरनेशनल ह्युमन राइट्स ल इन्सिच्यूट’ को २००१ को रिपोर्टका अनुसार अफगानिस्तानका महिलाहरु यौन कार्यका लागि पाकिस्तानमा जम्मा ६ सय रुपियाँमा बेचिने गरेका छन् । ती महिलाहरुलाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाइने गर्दछ । उनीहरु चाहेर होस् वा नचाहेर होस् उक्त कार्यमा धकेलिने गर्दछन् ।

हीरा मंडीको इतिहास पाकिस्तान बन्नुभन्दा पहिले देखि नै रहदै आएको छ । महाराजा रञ्जित सिंहको एक मन्त्रीको नाम हीरा सिंह रहेको थियो । उनको नामबाट नै यस ठाउँको नाम हीरा मंडी रहन गएको भन्ने भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पाकिस्तानको यि गल्लीमा दिनभर मानिस देखिदैनन्, रातमा यस्तो रौनक"

Leave a comment

Your email address will not be published.


*