प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले ताेक्याे समयसीमा

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनीधिसभा चुनावको लागि दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले आज सूचना जारी गर्दै ३० दिन भित्रमा दल दर्ता गर्न भनेको हो । आयोगका अनुसार राजनैतिक दलहरुले आउँँदो भदौ ११ गते भित्र दल दर्ता गरिसक्नुपर्ने छ ।

संविधानको धारा २ सय ७१ अनुसार प्रदेश र प्रतिनिधीसभाको चुनावमा भाग लिन चाहने राजनैतिक दललाई पुनः दल दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा दलहरुले आर्थिक वर्ष २०७३÷०७४ को आर्थिक आयव्ययको लेखा परिक्षण प्रतिवेदन पनि बुझाउनुपर्नेछ ।

यस्तै दलको नाम र केन्द्रिय कार्यालय रहेको ठेगाना, दलको केन्द्रिय कार्यकारिणी समिती वा पदाधिकारीको संख्या, संगठनात्मक संरचना, विधान, नियमावली र घोषणापत्र पनि पेश गर्नुपर्नेछ । राजनैतिक दलले आफुले लिन चाहेको निर्वाचन चिन्हको कम्तीमा छुट्टै तीन प्रकारका नमुना र त्यसको विद्युतिय प्रति बुझाउनुपर्ने आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि विदाका दिन पनि कार्यालय खुला रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले ताेक्याे समयसीमा"

Leave a comment

Your email address will not be published.


*