मान्छे मरेपछि जहाँ हड्डीको सुप बनाएर पिर्इन्छ

मृत्यु पश्चात सामान्य रुपमा मानिसहरुलाई जलाउने, गाड्ने वा कतैकतै चील, कौवा वा गिद्धलाई खान पनि दिने प्रचलन रहेका छ । तर कतिपय ठाउँमा यसका अलावा पनि अन्य यस्ता चलन पनि रहेका छन्, जुन हामीहरुलाई विचित्र लाग्नसक्छ । सामान्य रुपमा यी कुरा पत्यार नलाग्न पनि सक्छन् । तर पालना गर्नुपर्ने मानिसहरुका लागि यो नियमित परम्पराका रुपमा रहेको छ । उनीहरुले यहीँ मान्यतालाई बर्षाैदेखि मान्दै र निरन्तरता दिदैँ आइरहेका छन् ।

मानिसको अन्त्यष्टि सम्बन्धि केही रोचक प्रथाहरु :-

शवलाई खाने
ब्राजिलको वारी जनजातिका मानिसहरु र पपुआ न्यू गिनीमा मलेसियन मानिसहरुमा मानिसको शवलाई खाने परम्परा रहेको छ । त्यहाँ आफ्ना समुदायका मानिसहरु मिलेर उक्त शवलाई खाने प्रचलन रहेको छ । यसो गर्दा मृत्युसँग मानिसहरुमा रहेको डर नरहने र मृत आत्माले पनि शान्ति पाउने उनीहरुमा विश्वास रहेको छ ।

हड्डीको सुप बनाएर पिउने
दक्षिण अमेरिकाको अमेजनमा बसोबास गर्दै आएका यानोमामी जनजातिका मानिसहरुका बीचमा शवको हड्डी निकालेर त्यसको सुप बनाएर पिउने तथा मृत शरिरलाई जलाएपछिको खरानीको सुप बनाएर पिउने प्रचलन रहेको छ । यसरी सुप बनाएर खाँदा मरेको मानिस सधैँका लागि उनीहरुसँगै उनीहरुको साथमा रहने विश्वास गरिदै आएको छ ।

समाधिबाट लासलाई बाहिर निकाल्नु
इन्डोनेसियाको दक्षिणी सुलेवासीको ताना तोरजामा रहदै आएका मानिसहरुमा हरेक सात बर्ष बितेपछि मृत मानिसको शवलाई समाधि स्थलबाट निकाल्ने प्रचलन रहेको छ । उक्त शवलाई निकालेर त्यहाँको परम्परा अनुसार पुजा आराधना गरी नयाँ कपडा लगाइदिएर नाच गानका साथ रमाइलो गर्ने गरिन्छ । शवमा आएको गन्ध भगाउनका लागि शवमाथि रक्सीको केही मात्रा छर्किने गरिन्छ ।

शवलाई मोतीमा परिणत गर्नु
दक्षिण कोरियामा शवलाई जलाइसकेपछि त्यसको खरानीलाई नीलो, हरियो, गुलाबी लगायतका थुप्रै रंगको मोतीका दानामा परिणत गर्ने गरिन्छ । त्यसपछि यसलाई शीशाको जारमा राखेर घरमा सजाउने गरिन्छ । उक्त देशमा समाधिका लागि ठाउँको अभावको अवस्थालाई मध्यनजर गर्दै यो अनौठो तरिका अपनाइएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मान्छे मरेपछि जहाँ हड्डीको सुप बनाएर पिर्इन्छ"

Leave a comment