चुडामणिको पक्षमा किन उभिए रामशरण ?

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर छुट दिएको आरोपमा अख्तियार दुरुपयोग आयोगद्वारा पक्राउ परेका आन्तरिक राजश्व विभागमा महानिर्देशक चुडामणि शर्मालाई हचुवाको भरमा पक्राउ गरेको बताएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटेल हार्दिकमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको ‘कर फस्र्यौट आयोग: समस्या कि समाधान ?’ विषयक अन्तरक्रियामा बोल्दै डा.महतले यस्तो बताएका हन् । उनले भने,‘कर फस्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन्।’

कर फस्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । पूर्वअर्थमन्त्री महतले कर फस्र्यौट विवादलाई तत्काल टुँगो लगाउनुपर्नेमा जोड दिए । महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाए । उनले भने,‘आयोगका सबै पदाधिकारीहरुको बयान लिनुपर्नेमा, त्यस्तो मौका नदिई आन्तरिक राजश्व विभागका महानिर्दैशकलाई मात्रै हिरासतमा लिनु न्यायसंगत छैन्।’

त्यस्तै पूर्व कर फस्र्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठले चुडामणि शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गरेको आरोप लगाए । उनले अघि भने,‘कानूनी हैसियतमा आयोगले सरकारको अनुमति नलिई अनुशन्धान गर्न पाउँदैन, यदि अख्तियारले सरकारको अनुमति नलिईकन आयोगका सदस्य सचिव शर्मामाथि अनुशन्धान थालेको हो भने गलत भयो, यो गर्न पाईदैन, यो त ऐन तथा कानूनको नै बर्खिलाप हुन्छ, यो केशमा शर्मामाथि कोही पनि बोल्नुभएन, नेताहरु परेको भए तुरुन्त शीर्ष नेताहरु बोल्थे, तर शर्माजी पर्दा यहाँ कोही पनि शीर्ष नेताहरु बोल्नुभएन।’

कार्यक्रमका अर्का वक्ता एवम् आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फस्र्यौट आयोगको आवश्यकता नहने बताएका छन् । उनले पछिल्लो समयको विवादित विषयलाई जुन रुपमा उठाईएको छ यो विषयको भित्रि कुरा गर्भमै भएको कारण हामीले यो सही या गलत भन्न सक्दैनौ, कानुनले जुन प्रकारको अधिकार दिएको छ त्यसको आधिकारिकता बाहिर आउला त्यसपछि सबैलाई जानकारी हुन्छ।’

प्रतिक्रिया दिनुहाेस्

1 Comment on "चुडामणिको पक्षमा किन उभिए रामशरण ?"

  1. [url=http://viagraxzxcoupon.com/]viagra coupon [/url]
    viagra coupon 2015
    viagra coupon walgreens
    viagra coupon rite aid

Leave a comment

Your email address will not be published.


*