आफैंले बोकेको बम पड्किँदा विप्लवका एक कार्यकर्ताको मृत्यु

कैलाली । आफैंले बोकेको बम पडकेर धनगढीमा गएराति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका चार खानेपानी रोडमा बम राख्ने क्रममा बम पडकेर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकाे मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडाका करीव २८ वर्षिय चन्द्र सिंह रहेका छन् । उनी नेत्र बिक्रम चन्द बिप्लवको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य रहेको प्रहरीले जनाएको छ ।

आफैले बोकेको बम बिष्फोटन हुदा राति करीव १० बजे जीएच एण्ड सन्स होटलको पछाडि घाईते भएका सिंहको उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने डुकमेण्ट फेला पारेको छ ।

मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । घाईते सिंहको शरीर क्षतबिक्षत थियो । उनको शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको थियो । चोट नलागेको शरीरको कुनै भाग थिएन ।

घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल पु¥याएको थियो । अस्पताल पुर्याउदासम्म सिंह बोलिरहेका थिए । अस्पताल पु-याएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घट्ना लगत्तै प्रहरी, सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो । घट्नास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आफैंले बोकेको बम पड्किँदा विप्लवका एक कार्यकर्ताको मृत्यु"

Leave a comment

Your email address will not be published.


*