८२ लाख ठगी, चार लाख धरौटीमा मुक्त

काठमाडौँ, ४ असार । शाही थाई राजदूतावासको ८२ लाख ठगी गरेको अभियोग लागेका दुई जनालाई जिल्ला अदालत काठमाडौले चार लाख रुपैयाँ धरौटी लिएर छाडेको छ ।

थाई दुताबासमा कार्यरत रहँदा प्रवेशाज्ञा बापतको रकम ठगी गर्ने काठमाडौँका सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ प्रजापतिलाई प्रहरीले पक्राउ गरेकोमा जिल्ला अदालतले जनही चार लाख धेरौटीमा छाडेको हो ।

थाई राजदूतावासको जाहेरी पत्रले वादी नेपाल सरकार प्रतिवादी सुचित्रा शर्मा गौतमसमेत भएको ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवै आरोपीलाई पक्राउ गरेको थियो ।

गौतम र प्रजापति सन् २००३ अगस्ट १८ देखि सन् २००४ नोभेम्बर ३० सम्म थाई राजदूतावास काठमाडौँको भिसा शाखामा काम गर्दा भिसा फारमबापतको सङ्कलन गरेको रकम रु ८२ लाख ५५ हजार ५५० लिई फरार भएका थिए ।

रकम राजदूतावासमा नबुझाई फरार दुवैजना काठमाडौँमा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "८२ लाख ठगी, चार लाख धरौटीमा मुक्त"

Leave a comment

Your email address will not be published.


*