बाढीबाट असाममा ६९ हजार प्रभावित

नयाँदिल्ली। भारतको उत्तरपूर्वी राज्य असाममा आएको बाढीको कारण ६९ हजार व्यक्ति प्रभावित हुनुको साथै अन्य ४ हजार भन्दा बढी विस्थापित भएका छन् ।

भारतीय सरकारी रेडियो अल इन्डिया रेडियो (एआइआर) ले सोमबार यस विषयमा जानकारी दिएको छ । सो रेडियोले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बाढीबाट असामको पाँच वटा जिल्ला प्रभावित भएको जानकारी दिएका छन् ।

पाँचवटा जिल्लाका करिब ६९ हजार व्यक्ति प्रभावित भएको एआइआरले जानकारी दिएको समाचारमा उल्लेख छ ।

बाढी प्रभावित जिल्लाहरुमा उदाल्गुरी, विश्वनाथ, सोनीतपुर, लखिमपुर र दराङ रहेका छन् प्राप्त एक अर्को समाचारमा उदालगुरी सोनीतपुर जिल्लाका करिब ४ हजार व्यक्तिलाई शरणार्थी शिवीरमा राखिएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार बाढीको प्रकोप जारी रहेको र यसका कारण १६ सय हेक्टर भन्दा बढी कृषियोग्य जमीन प्रभावित भएको जनाइएको छ । रासस÷सिन्हवा

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाढीबाट असाममा ६९ हजार प्रभावित"

Leave a comment

Your email address will not be published.


*