बाजुरामा एमाले कार्यकर्ताद्धारा राजमार्ग जक्काजाम

बाजुरा । बाजुरा जिल्लाको छेडेदह गाउँ पालिकामा मनोनयन गर्न जाने क्रममा भएको दोहोरो झडप मृत्यु भएकाले न्याया पाउनु पर्ने माग गर्दै सडक अबरुद्ध गरेका छन् ।

सोमवार बिहानदेखि नेकपा एमाले बाजुराका कार्यक्रताले सडकमा चक्काजाम गरी सवारीका साधान चलन नदिएका हुन । बाजुराको कोल्टी, पाण्डुसैन,मार्तडीबाट गएका सवारी साधान र काठमाण्डौ नेपालगंज धनगढी र महेन्द्रनगरबाट आएका सावारी साधान बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

सडक अबरुद्ध भएको ठाउँ जिल्ला सदरमुकाम मार्तडी देखी १८ किलोमिटर टाढा छ । आइतवार मनोनयन दर्ताका गर्न मतदान अधिकृतको कार्यालयमा जाने क्रममा छेडेदह गाउँपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच भएको दोहोरो झडपमा परी गम्भीर घाइते भएका छेडेदह -६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंश रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजुरामा एमाले कार्यकर्ताद्धारा राजमार्ग जक्काजाम"

Leave a comment

Your email address will not be published.


*