दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका उम्मेद्वारहरु यसरी गर्दै छन् प्रचारप्रसार

काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि आइतवारबाट उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरु चुनाव प्रचार प्रसार अभियानलाई तीब्रता दिएका छन् । उम्मेद्वारहरु सोमबार (आज) विहानैदेखि भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

४८ घण्टा अघि मौन अवधि सुरु हुने र चुनावको मिति यथावत् राखेर उम्मेद्वारी मनोनयनको मिति दुई दिन पछाडि सारिएकाले प्रचारप्रसारको समय कम भएको निर्वाचन आयोगले जनाएको छ । असार १४ गते १ , ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि हिजो उत्साहपूर्ण रुपमा उम्मेद्वारी मनोनयन सम्पन्न भएको छ ।

दलका कार्यकर्ताहरु पार्टीको चिन्ह अंकित टिसर्ट, टोपी लगाएर बाजागाजासहित घरघरमा भोट माग्न थालेका छन् । प्रचारप्रसारका लागि समय कम भएकाले दलहरुले प्रचार अभियानलाई तीब्रता दिएका छन् । यसअघि उम्मेद्वारी दर्ता पछि प्रचारप्रसारका लागि उमेद्बारहरुले एक हप्ताको समय पाउने गरेपनि यसपटक भने दुई दिन कम पाउने भएका छन् । राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा जुटेपनि स्वतन्त्र उम्मेद्वारले भने भोली चुनाव चिन्ह पाएपछि मात्रै प्रचार अभियान थाल्नेछन् ।दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । चुनाव अन्तरगत मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका उम्मेद्वारहरु यसरी गर्दै छन् प्रचारप्रसार"

Leave a comment

Your email address will not be published.


*