काँडा गाउँपालिका ५ मा एमालेको प्यानल नै विजयी

बझाङ । बझाङको सबैभन्दा विकट काँडा गाउँपालिकाको वडा नं. ५ मा नेकपा एमालेका उम्मेदवारले प्यानल नै निर्विरोध विजय हासिल गरेको छ ।

अध्यक्षमा धनन्जय बोहरा महिला सदस्य अम्मरा देवि बोहरा, सदस्य डबल बोहरा र सदस्य कलु बोहरा र्निविरोध विजयी भएका जिल्ला निर्वाचन कार्यलय बझाङले जानकारी दिएको छ ।

असार ४ गते मनोनयन गर्दा अन्य दलका उम्मेदवार मनोनयन नदिएपछि नेकपा एमालेको प्यानल नै विजयी घोषणा भएको हो । काँडा गाउँपालिका ४ मा पनि नेपाली काँग्रेसकी दलित उम्मेदवार अमृता विक सदस्य पदमा र्निविरोध भएकी छन् ।

बझाङको सबैभन्दा दुर्गममा पर्ने काँडा गाउँपालिकाका अन्य वडाहरुमा सबै दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँडा गाउँपालिका ५ मा एमालेको प्यानल नै विजयी"

Leave a comment

Your email address will not be published.


*