पक्राउ परेका पत्रकार खेम भण्डारी र जि भट्ट रिहा

कन्चनपुर । समाचार लेखेको बिषयमा पक्राउ परेका कञ्चनपुरका पत्रकार खेम भण्डारी र जि भट्टलाई  प्रहरीले छाडेकाे छ । मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र सम्बाददाता जी भट्टलाई प्रहरीले शनिबार मध्यान्ह पक्राउ गरेको थियाे । गृहमन्त्री जनार्दन शर्माले शनिवार साँझ पक्राउ परेका पत्रकारलार्इ रिहा गर्न अादेश दिएपछि उनिहरू रिहा भएका हुन् ।

प्रहरीले उनलाई सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै कार्यालयबाटै पक्राउ गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरिक्षक महेन्द्र पाण्डेको टोलीले पक्राउ पुर्जी दिएर भण्डारीलाई पक्रेको थियाे । केही ब्यक्तिले आफ्नी छोरीको बारेमा समाचारमा अनावश्यक कुरा राखेर बदनाम गरेको भन्दै उजुरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । उनले मानसखण्ड दैनिक र रेडियो महाकालीसंचालन गर्दै आएका छन् । प्रहरीको गलत कृयाकलापको भण्डाफोर गरिरहने पत्रकार भण्डारीलाई त्यसैको रीसईवी साँधिएको हुनसक्ने मानसखण्ड दैनिक स्रोत दाबी छ ।

कन्चनपुरका पत्रकारहरुले समाचार सम्बन्धी बिषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएकोले  भण्डारी र भट्टलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पक्राउ परेका पत्रकार खेम भण्डारी र जि भट्ट रिहा"

Leave a comment

Your email address will not be published.


*