दोस्रो चरण निर्वाचनको उम्मेदवारी दर्ता जारी

काठमाडौं । असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवार मनोनयन जारी रहेकाे छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा आज मनोनयन हुँदैछ । उम्मेदवारी दर्ताका लागि  अाज बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्मको समय ताेकिएकाे छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते मतदान हुने कार्यतालिका छ । मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

चारहजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।

आयोगले दोस्रो चरणको निर्वाचनमा प्रदेश नं १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दोस्रो चरण निर्वाचनको उम्मेदवारी दर्ता जारी"

Leave a comment

Your email address will not be published.


*