दाेस्राे चरणकाे निर्वाचनका लागि उम्मेद्वारी दर्ता सम्पन्न, ठाउँ ठाउँमा झडप

काठमाडौं  । असार ४ गते असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उत्साह जनक रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

प्रदेश नं. १, ५ र ७ का तीनवटै प्रदेशमा गरी १ महानगरपालिका, ७ उपमहानगर, १११ वटा नगरपालिकाका मेयर, उपमेयर तथा २१५ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता गर्न सुरु गरेका थिए ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट हुने कानूनी व्यवस्था छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ८ देखि अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरिएको भए पनि नभ्याईने भन्दै निर्वाचन आयोगले साँझ ६ बजेसम्मलाई समय थप गरेको थियो ।

दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन । निर्वाचनकालागी ४,५८१ मतदानस्थल र ८,३६४ मतदानकेन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अधिकांश स्थानमा शान्तिपूर्ण उम्मेद्वारी दर्ता भएपनि बाँके, बाजुरा दलका कार्यकर्ताबीच झडप भयाे भने कपिलवस्तुमा अज्ञात समुहले बम बिष्फाेट गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दाेस्राे चरणकाे निर्वाचनका लागि उम्मेद्वारी दर्ता सम्पन्न, ठाउँ ठाउँमा झडप"

Leave a comment

Your email address will not be published.


*