च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज, चीर प्रतिद्धन्दी भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेलमा आज उपाधीका लागि चिर प्रतिद्धन्दी भारत र पाकिस्तान भिडदैछन् । फाइनन खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे लण्डनको ओभल मैदानमा हुदैछ । ५० ओभरको क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान पहिलो पटक भिडन लागेका हुन ।

भारत प्रतियोगिताको साविक विजेता टोली हो । पाकिस्तान प्रतियोगितामा सहभागि आठ टिममध्ये सबैभन्दा कमजोर टिम भएकाले खेलमा भारतको उच्च मनोवल रहेको छ । समूह चरणमा पाकिस्तान भारतसँग १ सय २४ रनले पराजित भएको थियो ।

तर उसले सेमिफाइनलमा आयोजक इङल्याण्डलाई ८ विकेटले हराएको थियो । समूह चरणमा भारत श्रीलंकासँग पराजित भएको थियो । खेलमा भारतको ब्याटिङ र पाकिस्तानको बलिङ राम्रो हुने अनुमान गरिएको छ ।

भारतका शिखर धवन र रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडी मानिन्छन । पाकिस्तानका हसन अलि सर्वाधिक विकेट लिएका बलर हुन ।

यसअघि दुई देशबीच भएका १ सय २८ खेलमध्ये पाकिस्तानले ७२ वटा र भारतले ५२ वटामा जीत निकालेको छ ।।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज, चीर प्रतिद्धन्दी भारत र पाकिस्तान भिड्दै"

Leave a comment

Your email address will not be published.


*