कोलम्बियाको आतंककारी हमलामा तीन मारिए, ११ घाइते

कोलम्बियाको राजधानी बोगोटामा आतंककारी हमलामा परी तीनजना महिलाको मृत्यु भएको छ । सहरको व्यस्त रोजा जोना क्षेत्रको सपिङ सेन्टरमा भएको हो । घटनामा अन्य ११ जना घाइते भएका छन् । मृतक मध्येकी एकजना फ्रान्सेली महिला रहेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले विस्फोट एक महिला शौचालयमा सानो बमको विस्फोटबाट भएको आशंका गरेका छन् । उक्त विस्फोट शनिवार दिउसो ग्राहकले भरिभराउ भएको एन्डिनो सपिङ सेन्टरमा भएको थियो । मान्छेहरु आइतबार मनाइने फादर्स डे का लागि सपिङ गर्न आएका थिए ।

मृतकमध्ये दक्षिण शहरको एउटा स्कुलमा स्वयंसेवकको रुपमा काम गरिरहेकी फान्सकी २३ बर्षीया महिलाको पहिचान भएको र अन्य दुई महिलाहरु २७ र ३१ बर्षका छन् तर तिनीहरु कुन देशका नागरिक हुन भनेर अझैसम्म पहिचान खुल्न सकेको छैन ।

यस घटनामा संलग्न आतंककारीको पहिचान हुन भने सकेको छैन । राष्ट्रपति जुआन मेनुअल सान्तोसले शनिवार राति नै घटनास्थलमा पुगेर घटना अवस्थाका बारेमा प्रेसलाई एक बयान दिएका थिए । उनले यो घटनामा संलग्नहरुलाई खाजी गर्ने कार्य जारी रहेको र घटनाबारे थप छानबिन भइ।हेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कोलम्बियाको आतंककारी हमलामा तीन मारिए, ११ घाइते"

Leave a comment

Your email address will not be published.


*