अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादीबीच तालमेल

अर्घाखाँची । दोस्रो चरणमा स्थानीय तह निर्बाचनमा अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी बीच तालमेल भएको छ । सन्धिखर्क र शितगंगा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा माओवादीलाई दिने सहमति भएको छ ।

सन्धिखर्क नगरपालिकामा कांग्रेसले प्रमुखमा कमलप्रसाद भुसाल र र माओवादीले उपप्रमुखमा ठाकुर विकलाई उम्मेद्वार बनाएको छ ।

सितगंगामा कांग्रेसवाट प्रमुखमा सुर्य अधिकारी, उपप्रमुखमा माओवादी केन्द्रवाट टिका रेग्मी उम्मेद्वार छन् ।

भुमिकास्थान नगरपालिका र मालारानी गाँउ पालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसलाई सघाउने सहमति भएको छ । सोही अनुसार दुबै दलले उम्मेद्वारी दर्ताको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादीबीच तालमेल"

Leave a comment

Your email address will not be published.


*