दोस्रो चरण निर्वाचनः भोलि उम्मेदवारी दर्ता गर्न कस्तो छ निर्वाचन आयोगको तयारी ?

काठमाडौं । निर्वाचन आयोले असार १४ गते हुने निर्वाचनका लागि तीन प्रदेशमा भोलि उम्मेदवारी दर्ताको सबै तयारी पुरा भएको जनाएको छ ।

आयोगले भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ ।

राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीहरुले ढुक्क भएर उम्मेदवारी दर्ता प्रक्रियामा सहभागी हुन आब्हान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा एक महानगर, ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिकाबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । ती जिल्लाहरुको जम्मा मतदाता ६४ लाख ३२ हजार ७६५ छन् ।

सरकारले राष्ट्रिय जनता पार्टीसँगको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेका लागि सारेको जनाएको छ तर राजपाले सरकारी दावीको खण्डन गर्दै निर्वाचन बिथोल्ने कार्यक्रम जारी राखेको छ । यसबाट भोलिको उम्मेदवारी दर्तामा असर पर्नसक्ने संभावना छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दोस्रो चरण निर्वाचनः भोलि उम्मेदवारी दर्ता गर्न कस्तो छ निर्वाचन आयोगको तयारी ?"

Leave a comment

Your email address will not be published.


*