दार्जिलिङमा हिंसा उग्र, नेपाली मुलका सुरक्षाकर्मीसहित तीनको मृत्यु

IRB jawan ( jawans says ita a plasctic bullet)during fires towards unrully GJM supporters .GJM cadres clash with police in Singmari, near Darjeeling. Pitched battle between GJM supporters and police and central forces . Four vehicles were torched. As police allegedly resorted to firing and lobbing tear gas shells, after lathi charge. GJM workers hurled bombs and petrol bombs on policemen, apart from throwing stones, in Darjeeling on June 17, 2017. Express photo by Partha Paul

दार्जिलिङ । दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड स्थापना आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले बल प्रयोग गर्दा तीन जनाको ज्यान गएको छ भने दर्जनौ घाईते भएका छन् । हिंसामा आन्दोलनकारीतर्फ दुई जना र सुरक्षाकर्मी एकको मृत्यु भएको छ । मृतकहरु तिनैजना नेपाली भाषी हुन ।

सेनाले चलाएको गोली लागेर तीनजना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई सेनाले अन्धाधुन्ध गोली चलाएको थियो ।

सुरक्षाकर्मीको गोलीबाट विमल शाहशंकर र सुनिल राईको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीतर्फ आइआरबी कमान्डेन्ड किरण तामाङको मृत्यु भएको छ ।

उता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गोर्खाल्याण्ड जनमुक्ति मोर्चाको आतंकबादीसँग साँठगाँठ रहेको आरोप लगाएकी छन् जसलाई मोर्चाले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दार्जिलिङमा हिंसा उग्र, नेपाली मुलका सुरक्षाकर्मीसहित तीनको मृत्यु"

Leave a comment

Your email address will not be published.


*