कपालले बजाउँछिन् गिटार अनि चलाउँछिन् अाइफाेन

महिलाहरु सधै सुन्दर र अरु भन्दा फरक देखिन चाहन्छन् । उनीहरुलाई सुन्दर बनाउन मेकअपका साथै कपालको पनि महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले धेरै महिला लामो, बाक्लो, चम्किलो, सुन्दर कपाल चाहन्छन् ।

सुन्दर कपाल र राम्रो ‘हेयर स्टाइल’ले सुन माथि सुगन्ध भनेझै महिलाको सुन्दरतालाई निखार्न अझ बढी मद्दत गर्दछ ।

‘हेयर स्टाइल’ त सबैले मान्छे अनुसारका फरक फरक देखेकै छन् तर यस्तो हेयर स्टाइल देखेर तपाई छक्क पर्नुहुनेछ । अफ्रिकाकी एक फेसन डिजाइनर आफ्नो कपालका साथ जादु पनि गरिरहेकी हुन्छिन् ।

यिनी हुन् लेइटिटिया कि । उनको यो कपाल र हेयर स्टाइल देखेपछि जो कोही पनि अचम्मित हुन्छन् । अरुले पत्याउनै नसक्ने कपाल–कला उनीसँग छ । उनी कपालबाट फरक फरक आकार बनाएर हातले गर्न पर्ने काम सबै काम कपालमार्फत गर्छिन् ।

आइफोन कपालले सहजै समातेर चलाउछिन् । कपालले नै चस्मा लगाउनछिन् अनि गिटार बजाउछिन् । उनको कपाल यति मजबुत र बलियो छ कि घरका सबै काम त्यहि कपालले एकैछिनमा सक्छिन् । उनको कपालले रोवर्टले जस्तै जे भन्यो त्यही काम गर्छ ।

यदि सबैसँग यस्तै कपाल हुँदो हो त मानिसहरु आफ्नो कपालले फटाफट काम गर्थे तर सबैसँग यस्तो कपाल र कला कहाँ हुन्छ र !

एजेन्सीकाे सहयाेगबाट

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कपालले बजाउँछिन् गिटार अनि चलाउँछिन् अाइफाेन"

Leave a comment

Your email address will not be published.


*