विश्वका बढी कमाउनेको सूचीमा शाहरुखको नाम, कति होला यिनको दाम ?

एजेन्सी । फोब्र्स म्यागेजिनले संसारभरबाट सबैभन्दा धेरै कमाई गर्ने सेलिबेटीहरुको लिस्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको कमाईका आधारमा बढी कमाई भएका टप सय सेलिब्रेटीहरुको नामाकंन गरिएको हो ।

उक्त लिष्टमा भारतबाट सबैभन्दा बढी कमाई गर्नेमा सेलिव्रेटीका रुपमा शाहरुख खान रहेका छन् । २०१६ मा ३८ मिलियन डलर(भारतीय २४४ करोड रुपैयाँ) कमाईका आधारमा शाहरुख यो सूचीमा ६५ नम्बरमा रहेका छन् ।

त्यस्तै भारतकै दुई सेलिब्रेटीहरु सलमान खान र अक्षय कुमार पनि यसमा समावेश भएका छन् । सलमान खान ३७ मिलियन डलर(२३८ भारतीय रुपैया)का साथ ७१ नम्बरमा र अक्षय कुमार ३५.५ मिलियन डलर(२२८ करोड भारतीय रुपैया) का साथ उक्त सुचिमा ८० नम्बरमा रहेका छन् ।

अघिल्लो वर्षको टप सयमा अमिताभ वच्चन पनि समावेश थिए तर यो वर्ष उनी यो लिष्टमा अटाउन सकेनन । भारतीय फिल्म क्षेत्रमा कम सहभागिता सँगै उनको नाम पनि यसमा पर्न सकेनन ।

संसारमा सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीमा ४७ वर्षका एकदमै परिचित र अब्बल र्यापर संगीतकार शान काम्ज रहेका छन् । उनले सन् २०१६ मा कुल १३० मिलियन डलर कमाएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वका बढी कमाउनेको सूचीमा शाहरुखको नाम, कति होला यिनको दाम ?"

Leave a comment

Your email address will not be published.


*