अलिले खोले कपिल शर्मा शो छोड्नुको रहस्य

धेरै लामो समयसम्म सँगै काम गरेका कपिल शर्मा र अलि असगर एक्कासी छुट्टिएका थिए । हरेक समय कपिलको साथ दिने कमेडियन अलिले सुनिल ग्रोबरसँगको घटनापछि कपिलको साथ छोडेका थिए । अलिका साथै सुनिल ग्रोबर र चन्दन प्रभाकरले पनि कपिलको शो छोडेका थिए ।

यस घटनापछि ग्रोवर र चन्दनले आ–आफ्नो कुरा मिडिया र आम जनमानसमा राखेका थिए तर अलिले हालै यस सम्बन्धि आफ्ना कुरा सार्वजनिक गरेका छन् । अलिले भने, जे भयो त्यो एकदम नराम्रो र नहुनु पर्ने घटना भयो । यो एक दुर्भाग्यपूर्ण थियो । मान्छेले कुनै समय यस्तो फैसला पनि लिनुपर्ने रहेछ मैले पनि लिएँ । हामी कार्यक्रम समय र स्थानमा व्यक्तिगत भूमिकालाई महत्व दिनु र आफ्ना लागि काम गर्नुभन्दा पनि एक टिमका लागि काम गथ्र्याै र साथमा समय बिताउँथ्यौं । केही क्रिएटिभ भिन्नताका कारण मैले यो शो छोड्नुपरेको हो ।

उनले आफू र कपिलका बीचमा कुनै मतभेद छैन र कुनै गुनासो पनि पनि नभएको भन्दै प्रोफेसनल रुपमा केही समस्या भएपनि आफूलाई व्यक्तिगत रुपमा कुनै आपत्ति नभएको बताए । कपिल शर्मा शो मा नानीको भुमिकामा रहेका उनले आफ्नो भुमिकाको कुनै स्कोप नभएकाले शो छोड्नुपरेको बताए । उनले भने , मैले कपिलबाट धेरै कुरा सिक्ने अवसर पाएँ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अलिले खोले कपिल शर्मा शो छोड्नुको रहस्य"

Leave a comment

Your email address will not be published.


*