दोहामा म्हेन्दोमाया साँझ हुने

काठमाडौं । म्हेन्दोमाया समाज दोहा कतारले बकर इदको अवसर पारेर सेप्टेम्बर १ मा बृहत म्हेन्दोमाया साँझ र कन्सर्ट गर्ने भएको छ । कतारका राजधानी दोहास्थित गल्फ प्याराडाईज होटलमा कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन ।

कार्यक्रममा चर्चित कलाकारहरु बिशाल कल्तान, रुपा एस घले तामाङ, सागर एस वाइबा, गायक सुमन डिन्डुप घले र राज किङ वाइबा लगायतले प्रस्तुती दिने म्हेन्दोमाया समाज दोहा, कतारले जानकारी दिएको छ ।

प्रवासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज दोहाको संयोजनमा पहिलो पटक कतारमा म्हेन्दोमाया समुहले सांस्कृतिक प्रस्तुती दिन लागेको हो । म्हेन्दोमाया समुह रसुवा, नुवाकोट र धादिङको केही भागमा मात्रै सिमित रहेको तामाङहरुको रहन सहन, संस्कृति र पहिचानलाई जगेर्ना गर्न संगठित स्वतन्त्र साँगितिक समुह हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दोहामा म्हेन्दोमाया साँझ हुने"

Leave a comment

Your email address will not be published.


*