पत्याउनु हुन्छ, एउटा आलुबाट ४० दिनसम्म बत्ती बल्छ

अब बत्तीका बाल्नका लागि एउटा आलुले नै काम गर्ने भएको छ । एउटा आलुको सहायताले सहजै बत्ती बाल्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

यसका अनुसन्धाकर्ता राबिनोविच र उनका साथीहरुले यस सम्बन्धि खोज गरी मानिसहरुलाई बत्ती बाल्नका लागि आलु प्रयोग गर्न प्रेरित गरिरहेका छन् । उनीहरुले यस्तो बत्ती खासगरी अविकसित गाउँ र विजुली पुग्न नसकेका ठाउँहरुमा उपयोगी हुने जानकारी दिएका छन् ।

येरुशलमको हिब्रू यूनिभर्सिटीका राबिनोविचले भनेका छन्, ‘यसमा एउटा सस्तो धातुको प्लेट, तार र एलईडी चीमलाइ्र्र जोडेर सहजै बत्ती बाल्न सकिन्छ । उनले एक आलुले चालिस दिनसम्म एलईडी चीम बाल्न सकिने दाबी गरेका छन् ।

जसका लागि एनोड(जस्तै जिंक) र क्याथोड(जस्तै कपर अर्थात तांवा) धातुको आवश्यकता पर्दछ । आलुको भित्र रहेको एसिड जिंक र कपरसँग प्रतिक्रिया गर्दा ईलेक्टेन एक पदार्थबाट अर्काे पदार्थमा जान्छ र उर्जा पैदा हुन्छ ।

सन् २०१० मा राबिनोविचले क्यालिफोर्निया यूनिभर्सिटीका एलेक्स गोल्डबर्ग र बोरिस रुबिंस्कीसँग मिलेर यस सम्बन्धि थप खोज गरेका छन् । यसै सम्बन्धमा गोल्डबर्गले भने, हामीले बीस अलग अलग आलु देख्यौ र त्यसको आन्तरिक प्रतिरोध जाँच गर्यौं । यसबाट हामीलाई त्यो तात्दा कति उर्जा नष्ट भयो भन्ने पत्ता लगाउन सहयोग पुग्यो । जस्तै आलुलाई आठ मिनेटसम्म उमाल्दा आलुको भित्र कार्बनिक टिस्सु टुटेर प्रतिरोध कम भई ईलेक्टेन्स धेरै क्रियाशील भई अधिक मात्रामा उर्जा उत्पादन भयो ।

आलुलाई चार पाँच टुक्रामा काटेर त्यसलार्इृ कपर अर्थात जिंकको प्लेटको बीचमा राख्दा यसबाट दस गुणा उर्जा बढ्यो र विजुली बनाउने खर्चमा कमी आयो । राबिनोविच भन्छन् यसको भोल्टेज कम हुने भएकाले यसबाट यस्तो ब्याट्री बनाउन सकिन्छ जुन मोबाईल वा ल्याप्टप चार्ज गर्न सकियोस् ।

यसरी एउटा आलु अमाल्दा पैदा भएको विजुलीको लागत नौ घण्टा प्रति किलोमिटर आयो, जुन डी सेल ब्याट्री भन्दा लगभग ५० गुणा सस्तो थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पत्याउनु हुन्छ, एउटा आलुबाट ४० दिनसम्म बत्ती बल्छ"

Leave a comment

Your email address will not be published.


*